प्रभावकारी बन्दै फत्ते बाल आँखा अस्पतालकाे सेवा
नेपालगञ्ज : नेपाल नेत्रज्योति संघअन्तर्गत सञ्चालित फत्ते बाल आँखा अस्पतालले अहिलेसम्म दुई लाख २८ हजार ६६५ को आँखाको शल्यक्रिया गरेको छ।
अस्पतालका प्रबन्ध निर्देशक कौशलकुमार बर्माका अनुसार ३२ वर्षको अवधिमा अस्पतालले २० लाख ४६ हजार बिरामीको आँखा जाँच गरेको छ। अस्पतालमा विभिन्न समयमा अलग-अलग स्थानमा सञ्चालन गरेको शिविरमा १२ हजारभन्दा बढीको आँखा जाँच र ३८४ को शल्यक्रिया गरेको जनाइएको छ।
अस्पतालअन्तर्गत सुर्खेतको मेहलकुना, दैलेखको दुल्लु, डोल्पाको जुफाल र बर्दियाको सानोश्री, जयनगर, भुरीगाउँ, राजापुर र बाँसगढीमा गरी आठ वटा आँखा उपचार केन्द्र सञ्चालन हुँदै आएको छ।
३२ वर्षअघि १० शय्याबाट शुरु भएको यो अस्पताल हाल २५० शय्याको भएको छ। अस्पतालले पूर्णकालीन बहिरङ्ग, अतिरिक्त शुल्क क्लिनिक, द्रुत शल्यक्रिया, औषधि र चश्माको उपलब्धता, प्याथोलोजी, नेत्र सहायकस्तरको जनशक्ति उत्पादन तथा कलेज सञ्चालन गर्दै आएको छ।
संघको पाँच करोड र जिल्ला समन्वय समितिको परिपूरक सहयोग एक करोड ४५ लाख गरी छ करोड ४५ लाख रुपैयाँ लागतमा आधुनिक शल्यक्रिया कक्ष, वार्ड, बिरामीका लागि निजी कक्ष, चिकित्सक आवासलगायतका संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको प्रबन्ध निर्देशक बर्माले जानकारी दिए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण