प्रादेशिक आयुर्वेद चिकित्सालयमा ‘फाइमोसिस’ शल्यक्रिया
दाङ : तुलसीपुर–१९ बिजौरीस्थित प्रादेशिक आयुर्वेद चिकित्सालयमा ‘फाइमोसिस’ रोगको सफल शल्यक्रिया भएको छ। उक्त चिकित्सालयमा पहिलो पटक यो सेवा शुरु भएको हो।
बच्चाको लिङ्ग नखुल्ने उक्त रोगलाई आयुर्वेद पद्धति सर्कमसिजनमार्फत उपचार गर्न थालिएको हो। अस्पतालका प्रमुख तथा बालरोग विशेषज्ञ डा रामकामेश्वर ठाकुरसहित पाँच चिकित्सकसहितको टोलीले उक्त रोगको सफल शल्यक्रिया गरेको हो।
आयुर्वेदको यो पुरानो पद्धति भए पनि प्रादेशिक आयुर्वेदमा पहिलोपटक शुरु भएको डा. ठाकुरले बताए। यो सेवा शुरु भएसँगै दैनिक दुई\तीन तथा कहिलेकाहीँ पाँच जनासम्म आउने गरेको उहाँको भनाइ छ। उक्त शल्यक्रिया १० वर्षसम्मका बच्चालाई गर्न सकिने डा. ठाकुरको भनाइ छ।
के हो फाइमोसिस?
बच्चा (पुरुष) को जनेन्द्रीय अर्थात् लिङ्गको टुप्पाको डल्लो (सुपारी) लाई छालाले छोप्ने अवस्थालाई ‘फाइमोसिस’ भनिन्छ। जन्मदाखेरि कुनै पनि बच्चाको लिङ्गको टुप्पाको छाला पछाडि जाँदैन अर्थात् छालाले टुप्पो छोपेको हुन्छ।
भर्खर जन्मेका बच्चामा यस्तो समस्या हुनु स्वाभाविक हो। तर उमेर बढ्दै जाँदा त्यो खुल्दै जानुपर्छ। जन्मेको छ महिनापछि आफसेआफ लिङ्गको टुप्पाको छाला पछाडि सर्नु पर्छ। अर्थात् खुल्दै जानुपर्छ।
आजकल धेरै बच्चामा फाइमोसिस समस्या देखिने गरेको छ, जसले गर्दा बच्चामा पिसाबको सङ्क्रमण हुँदै मिर्गौलाको सङ्क्रमणसम्म हुन्छ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’