Health TV Online
Health TV Online
Health TV Online

महाकाली अञ्चल अस्पतालमा बिरामीको चाप

महाकाली अञ्चल अस्पतालमा बिरामीको चाप

कञ्चनपुर : गर्मी बढेसँगै कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालमा बिरामीको चाप अत्यधिक बढेको छ।

झाडापखाला, बान्ता आउने, टाउको दुख्ने, रुघा, खोकी, ज्वरोका साथै अस्वस्थ्य खानपानले पनि बिरामी बढेको अस्पतालले जनाएको छ।

अस्पतालका मेडिकल रेकर्डर नारद भट्टले वैशाखको पहिलो सातादेखि नै यहाँ बिरामीको चाप बढेको बताए। ‘सबैभन्दा बढी झाडापखालाका बिरामीको सङ्ख्या बढेकाे छ’, उनले भने, ‘यो महिना मात्रै पखालाका १७५ बिरामीको उपचार यहाँ भयो।’ दूषित पानीको प्रयोगसँगै अस्वस्थ्यकर खाना प्रयोग गर्नाले झाडापखालाका बिरामी बढेको उनकाे भनाइ छ।

त्यस्तै महाकाली अञ्चल अस्पतालमा बितेको एक महिनामा चार जनामा मलेरियाको सङ्क्रमण देखिएको छ। ‘भारतबाट आउनेमा यसको सङ्क्रमण देखिने सम्भावना बढेको उनले बताए।

शनिबार राति मात्रै अस्पतालको आकास्मिक कक्षमा ५० भन्दा बढी बिरामी उपचारका लागि राति आएको स्वास्थ्यकर्मीको भनाइ छ। लामो समयदेखि विशेषज्ञ चिकित्सकको अभाव झेल्दै आएको अस्पतालमा कर्मचारी समायोजनका कारण जनशक्तिमा झनै अभाव भएको भट्टको भनाइ छ।

भीमदत्तनगरस्थित एसआर मेडिकलका सञ्चालक शिवराज भट्टले निजी क्लिनिकमा पनि बिरामीको चाप बढेको बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार