Health TV Online
Health TV Online
Health TV Online

‘गुणस्तरहीन औषधि बिक्री गर्नेलाई कारबाही’

‘गुणस्तरहीन औषधि बिक्री गर्नेलाई कारबाही’

काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले सरकारले गुणस्तरहीन औषधि बिक्री गर्ने पसलहरूलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।

मंगलबार संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा उनले चिकित्सकको ‘प्रेस्क्रिप्सन’ विना औषधि बिक्री वितरण गर्न नपाउने गरी सबै औषधि पसलहरूमा सरकारले कडा निगरानी राख्ने बताए। चिस्यानमा नराखिएको औषधि बिक्री वितरणमा पनि प्रतिबन्ध लगाउने उनको भनाइ छ।

मन्त्री यादवले सरकारले सिधै कम्पनीबाट औषधि खरिद गर्ने कानुनी व्यवस्था गर्न जरुरी रहेको पनि बताए। सार्वजनिक खरिद ऐनको प्रक्रियाबाट औषधि खरिद गर्दा महँगो पर्न जाने भएकाले त्यसलाई रोकेर सरकार कम्पनीबाट औषधि खरिद गर्ने तयारीमा रहेको उनले बताए।

‘औषधि र उपकरण कम दरभाउको बोलपत्रबाट खरीद गर्ने परम्पराले सर्वसाधारण गुणस्तरीय स्वास्थ्य सेवा पाउनबाट वञ्चित भएका छन्’, मन्त्री यादवले भने, ‘खरिद गरिएका औषधिका पनि तीन महिनामा म्याद सकिन्छ।’

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार