Health TV Online
Health TV Online
Health TV Online

पाँच वर्षमुनिका बालबालिकामा हुने आँखाको क्यान्सर : रेटिनोब्लास्टोमा

पाँच वर्षमुनिका बालबालिकामा हुने आँखाको क्यान्सर :  रेटिनोब्लास्टोमा

रेटिनोब्लास्टोमा बालबालिकामा हुने एक किसिमको आँखाको क्यान्सर हो र करिब १५ देखि २० हजार नवजात शिशुमध्ये एकमा यो रोग देखा पर्न सक्छ। यो वंशाणुगत पनि हुन सक्छ।

आँखाको नानीको कालो भागमा एक किसिमको अनौठो सेतो ज्योति (सेतो टीका) देखिनु, असामान्य रूपमा आँखा रातो हुनु, आँखाको आकार ठूलो हुनाका साथै आँखाको डेढोपनाका रूपमा पनि यो रोग देखा पर्नसक्ने चिकित्सक बताउँछन्।

यो रोग पाँच वर्षमुनिका कुनै पनि बालबालिकामा देखा पर्नसक्छ। आँखा रोग विशेषज्ञद्वारा आँखाको पर्दा जाँच गरी यो रोग पत्ता लगाउन सकिने तिलगंगा आँखा प्रतिष्ठानले जनाएको छ।

लेजर, क्रायोथेरापी, केमोथेरापी तथा रेडियोथेरापी गरी यो रोगको उपचार गरिन्छ तर उपचार गर्न ढिलो भइसकेका बिरामीका आँखाको डल्लो नै निकाल्नुपर्ने पनि हुन सक्ने प्रतिष्ठानको भनाइ छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार