पाँच वर्षमुनिका बालबालिकामा हुने आँखाको क्यान्सर : रेटिनोब्लास्टोमा
रेटिनोब्लास्टोमा बालबालिकामा हुने एक किसिमको आँखाको क्यान्सर हो र करिब १५ देखि २० हजार नवजात शिशुमध्ये एकमा यो रोग देखा पर्न सक्छ। यो वंशाणुगत पनि हुन सक्छ।
आँखाको नानीको कालो भागमा एक किसिमको अनौठो सेतो ज्योति (सेतो टीका) देखिनु, असामान्य रूपमा आँखा रातो हुनु, आँखाको आकार ठूलो हुनाका साथै आँखाको डेढोपनाका रूपमा पनि यो रोग देखा पर्नसक्ने चिकित्सक बताउँछन्।
यो रोग पाँच वर्षमुनिका कुनै पनि बालबालिकामा देखा पर्नसक्छ। आँखा रोग विशेषज्ञद्वारा आँखाको पर्दा जाँच गरी यो रोग पत्ता लगाउन सकिने तिलगंगा आँखा प्रतिष्ठानले जनाएको छ।
लेजर, क्रायोथेरापी, केमोथेरापी तथा रेडियोथेरापी गरी यो रोगको उपचार गरिन्छ तर उपचार गर्न ढिलो भइसकेका बिरामीका आँखाको डल्लो नै निकाल्नुपर्ने पनि हुन सक्ने प्रतिष्ठानको भनाइ छ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य