अस्पताल निर्माणकाे विषयमा जनप्रतिनिधिमाथि ढुंगामुढा
परासी : अस्पताल निर्माणको विषयमा विवाद हुँदा सुनवल नगरपालिका ७ र ८ का स्थानीयले जनप्रतिनिधिमाथि ढुंगामुढा गरेका छन्। ढुंगा प्रहारबाट वडा नं.१३ का अध्यक्ष एवं नगरपालिकाका प्रवक्ता कृष्ण देवकोटा घाइते भएका छन्।
प्रहरीको गाडी र एक वडाध्यक्षको गाडीमा क्षति पुगेको छ। नगरपालिकाको चौथो नगरसभा सञ्चालन भइरहेका वेला वडा नं. ७ का अध्यक्ष वसन्तराज दाहाल र वडा नं. ८ का अध्यक्ष नीलकण्ठ गैरेको नेतृत्वमा पुगेको स्थानीयको जुलुसले नगरसभा परिसरमा पुगेर अस्पताल अन्यन्त्र सार्न लागेको भन्दै विरोध गरेको थियो।
उनीहरुले ८ मा निर्माण हुनुपर्ने अस्पताल अन्यन्त्र सार्न लागेको जनाउँदै विरोध गरेका हुन्। नगरसभा सकिएर बाहिर निस्केका नगरप्रमुख भीमबहादुर थापा, उपप्रमुख दधिराम अर्याल र प्रवक्ता देवकोटालाई सुरक्षा दिएर प्रहरीको गाडीमा लैजाने क्रममा स्थानीयले ढुंगामुडा गरेका हुन्।
वडा ७ र ८ का बासिन्दाले वडा ८ मा रहेको स्वास्थ्य चौकीलाई स्तरोन्नति गरेर अस्पताल निर्माणका लागि आएको बजेट अन्य वडामा सारेको आरोप लगाएका छन्। नगरपालिकाले भने सबै नगरवासीका लागि पायक पर्ने स्थानमा अस्पताल निर्माण गर्न लागेको जनाएको छ।
नेपाल सरकारले देशका सबै स्थानीय तहमा १५ शय्याको अस्पताल निर्माण गर्ने निर्णय गरेअनुसार नगरपालिकाले अस्पताल निर्माण गर्न लागेको नगरप्रमुख थापाले बताए। नगर कार्यपालिकाको २०७५ असोज १ गतेको बैठकले वडा ३ र ५ मा रहेका २ बिघा क्षेत्रफलमा अस्पताल निर्माण गर्ने निर्णय गरेको थियो।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’