सडकले नछाेएकाे पुथा उत्तरगङ्गाकाे गाउँमा स्वास्थ्य शिविर
रुकुम : सडक सुुविधासम्म पुग्न नसकेको जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिका–८ मा आइतबार खच्चडमा औषधि बोकेर विशेषज्ञ डाक्टरसहितको टोली पुग्यो।
चारगाउँको रिवाङचौर स्वास्थ्यचौकीमा डाक्टरसहितको टोली पुग्दा स्थानीय खुशी भए। गाउँमा सुविधासम्पन्न अस्पताल नभएको र टाढाको अस्पतालसम्म पुग्न नसकेका वेला घोडामा औषधि बोकेर विशेषज्ञ डाक्टरसहितको टोली गाउँमा पुग्दा स्वास्थ्य सेवा पाउने आशमा स्थानीय खुशी भएका हुन्।
शिविरमा विशेषज्ञ डाक्टर नवीन बुढाथोकी र सुनिल पुनलगायतको टोलीले सेवा दिने बताइएको छ। शिविरमा भिडियो एक्सरे, ल्याब परीक्षण, इसिजी सेवा तथा निःशुल्क औषधि वितरण गरिने अस्पतालका प्रबन्धक हरिबोल भारतीले जानकारी दिए।
ज्वरो, आउने, टाउको दुख्नेलगायत रोगको पनि जाँच गर्ने र जटिल प्रकृतिका रोगका बिरामीलाई जिल्ला बाहिर पठाइने उनले बताए।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश ५ को कार्यालय बुटवल, मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमको आर्थिक सहयोग, रुक्मेली सामुदायिक अस्पताल प्रालि रुकुम (पश्चिम) को आर्थिक सहयोग र गाउँपालिकाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको हो।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’