जिल्लामै पहिलो आँखा अस्पताल
रुकुमपूर्व : जिल्लामै पहिलो पटक आँखा अस्पताल (उपचार केन्द्र) स्थापना भएको छ। प्रदेश ५ को एक मात्र हिमाली जिल्लामा आँखा अस्पताल बनेपछि यहाँका स्थानीयवासी खुशी भएका छन्।
विभिन्न समस्याका कारण आँखाको उपचार गराउन जिल्लाबाहिर जानुपर्ने बाध्यतामा रहेका स्थानीय आफ्नै जिल्लामा अस्पताल (उपचार केन्द्र) स्थापना भएपछि गाउँमै सेवा पाइने भन्दै खुशी भएका हुन्।
यहाँका सर्वसाधारण आँखाको उपचारका लागि रुकुम (पश्चिम)को खलङ्गा, दाङ, नेपालगञ्ज तथा काठमाडौं जाने गर्थे। यसका साथै कहिलेकाहीँ गाउँमा हुने आँखा शिविरबाट पनि स्थानीयवासीले सेवा पाउने गरे पनि उपचार केन्द्र नहुँदा समस्या थियो। जिल्लाको सिस्ने गाउँपालिकामा पहिलो पटक आँखा उपचार केन्द्रको स्थापना भएको हो।
अब यहाँ सामान्य शल्यक्रिया र विभिन्न आँखाको समस्याको उपचार गरिनुका साथै बिरामीलाई आवश्यक पर्ने चस्मा पनि निर्माण गरिने उपचार केन्द्रका प्रमुख विष्णु खनालले जानकारी दिए।
आज विश्व रेडक्रस दिवस मनाइँदै
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र