जिल्लामै पहिलो आँखा अस्पताल
रुकुमपूर्व : जिल्लामै पहिलो पटक आँखा अस्पताल (उपचार केन्द्र) स्थापना भएको छ। प्रदेश ५ को एक मात्र हिमाली जिल्लामा आँखा अस्पताल बनेपछि यहाँका स्थानीयवासी खुशी भएका छन्।
विभिन्न समस्याका कारण आँखाको उपचार गराउन जिल्लाबाहिर जानुपर्ने बाध्यतामा रहेका स्थानीय आफ्नै जिल्लामा अस्पताल (उपचार केन्द्र) स्थापना भएपछि गाउँमै सेवा पाइने भन्दै खुशी भएका हुन्।
यहाँका सर्वसाधारण आँखाको उपचारका लागि रुकुम (पश्चिम)को खलङ्गा, दाङ, नेपालगञ्ज तथा काठमाडौं जाने गर्थे। यसका साथै कहिलेकाहीँ गाउँमा हुने आँखा शिविरबाट पनि स्थानीयवासीले सेवा पाउने गरे पनि उपचार केन्द्र नहुँदा समस्या थियो। जिल्लाको सिस्ने गाउँपालिकामा पहिलो पटक आँखा उपचार केन्द्रको स्थापना भएको हो।
अब यहाँ सामान्य शल्यक्रिया र विभिन्न आँखाको समस्याको उपचार गरिनुका साथै बिरामीलाई आवश्यक पर्ने चस्मा पनि निर्माण गरिने उपचार केन्द्रका प्रमुख विष्णु खनालले जानकारी दिए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण