८५ हजार नर्स, आधाभन्दा बढी बेराेजगार, १५ सय मात्र सरकारी सेवामा
काठमाडाैं : नेपाल नर्सिङ काउन्सिलका अनुसार हाल नेपालमा ८५ हजार नर्स दर्ता छन्। ८५ हजारमध्ये १५ सय मात्र स्वास्थ्य मन्त्रालय अन्तर्गतका विभिन्न अस्पताल र विभागमा कार्यरत छन्। काउन्सिलका अनुसार विभिन्न तहमा गरेर नेपाल सरकारसँग १५ सय ३३ जना मात्र नर्स छन्।
८५ हजार नर्समध्ये ५० प्रतिशत भन्दा बढी बेरोजगार छन्। त्यसमा धेरैजसोले करारमा सेवा दिइरहेका छन्। नर्सिङ पढ्नेमध्ये एकदमै थोरैले राम्रो रोजगारी पाएका छन्। राेजगारहरू पनि करारमा काम गर्न बाध्य छन्।
नर्सहरू सरकारी सेवामा थोरै हुनुको प्रमुख कारण सीमित दरबन्दी हो। महाशाखाका अनुसार अहिले नेपाल सरकारसँग २०४९ सालको दरबन्दी अनुसार नै नर्सहरूको पदपूर्ति भइरहेको छ।
एकजना नर्सले बढीमा ६ देखि आठजना बिरामी हेर्नुपर्ने व्यवस्था विश्व स्वास्थ्य संगठनले गरेको छ। तर नेपालमा एक नर्सले १५ देखि २० जना बिरामीसम्म हेर्नुपर्ने बाध्यता छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण