प्राथमिक स्वास्थ्य केन्द्रमा छैन पूर्वाधार
रोल्पा : सुनिल स्मृति गाउँपालिका सुलिचौरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रले भौतिक पूर्वाधार अभावको सामना गरिरहेको छ। दैनिक ४०\५० जना बिरामी आउने यहाँ आपतकालिन अवस्थामा चाहिने अक्सिजनको अभाव भएको धेरै समय भयो।
राति बिजुली गयो भने बिरामी र स्वास्थ्यकर्मीलाई आपत पर्छ। त्यस्तै, कतिपय आवश्यक औषधिको समेत अभाव छ।
निर्वाचनपछि गाउँमा आएको गाउँपालिका स्वास्थ्य केन्द्रको छेउमै छ। त्यस्तै प्राथमिक स्वास्थ्य केन्द्रको सबै जिम्मेवारी पाएको वडा कार्यालय पनि छेउमै छ। गाउँपालिकाको ध्यान यता गएकाे देखिँदैन। सरकारले हरेक प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी सम्बन्धित वडाध्यक्षलाई दिएको छ तर सम्बन्धित निकायलाई स्वास्थ्य संस्थामा भएकाे अभावबारे ध्यान दिएको देखिँदैन।
रोल्पामा एक अस्पताल र दुई वटा प्राथमिक स्वास्थ्य केन्द्र छन्। यी सबै संस्थामा स्वास्थ्यकर्मी भए पनि पर्याप्त औषधि नहुँदा बिरामीहरुको रोजाइ निजी अस्पतालमा पर्ने गरेको छ। स्थानीय तहले आवश्यकताका बारेमा छलफल नै नगरेर सामाग्री र औषधि खरिद गर्ने गरेको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण