Health TV Online
Health TV Online
Health TV Online

राेगै पत्त्ता नलागेपछि…

राेगै पत्त्ता नलागेपछि…

उदयपुर : हिँड्डुलदेखि खाना खान र शौच गर्नसम्म नसक्ने अवस्थामा पुगेका रौतामाई ६, नामनताका मगर समुदायका बिरामीको स्वास्थ्य समस्या अझै पहिचान हुन सकेको छैन।

प्रदेश १ सरकारले प्रदेश राजधानी विराटनगर लगेर जाँच गराए पनि रोग पत्ता नलागेपछि उनीहरू घर फर्किएका छन्। उनीहरूको रगतलगायत नमुना परीक्षणका लागि विदेश पठाउने तयारी भइरहेको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

यस्तो लक्षणबाट ग्रस्त ४१ वर्षीय दुर्गाबहादुर समालमगरको मृत्यु भइसकेको छ। अरू आठजना सिकिस्त छन् । शरीर थरथरी काम्ने, हातखुट्टा राम्राेसँग चलाउन नसक्ने, मुखबाट र्‍याल आइरहने, आवाज कम हुँदै गएर बोल्न नसक्ने जस्ता लक्षण उनीहरूमा देखिएको छ।

बिरामीलाई साताअघि उदयपुर जिल्ला अस्पतालमा प्रारम्भिक उपचारपछि विराटनगरस्थित न्युरो अस्पताल लगिएको थियो । न्यूरोका नसा रोग विशेषज्ञको टिमले बिरामी सबैको रगत, दिसापिसाब, खकार, मुटु, मिर्गौला, नसालगायत परीक्षण गर्दासमेत रोग पत्ता नलागेकाले घर फर्काएको आफन्तले बताए ।

यहाँ रोग पत्ता नलागेकाले बिरामीको रगत, खकारलगायत अन्य नमुना संकलन गरेर विदेश पठाउने तयारी भइरहेको जनस्वाथ्य कार्यालय उदयपुरका प्रमुख रमेश खकुरेलले  । स्थानीय ७० वर्षीय डम्बरबहादुर, ६४ वर्षीया जानुमाया, ३१ वर्षीय बलबहादुर, तुलबहादुर, हीरा, लैया, ललिमाया, पुष्प र जानुमाया जोखिममा छन् ।

यस्तै रोगका करण दुर्गाबहादुरको मृत्यु भएको रौतामाई ६ का वडासदस्य तुलबहादुर थापामगरले बताए। सिकिस्त बिरामीमध्ये डम्बरबहादुरको अवस्था गम्भीर छ । खाना खान, हातमुख धुनदेखि शौचालय जान श्रीमती ६७ पदममायाको भर पर्नुपरेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार