खाँदबारी अस्पतालमा अनियमितता
संखुवासभा : खाँदबारी अस्पतालले रसिदविनै सेवाग्राहीसँग निरोगिताको प्रमाणपत्रबापत अवैध असुली गर्दै आएको छ।
चिकित्सकले आफूखुसी सेवाग्राहीसँग अवैध रूपमा मनपरी रकम असुल्दासमेत अस्पताल विकास समितिले चासो देखाएको छैन। निरोगिताको प्रमाणपत्र दिँदा चिकित्सकले आफूखुसी रकम असुलेको विषयमा आफूलाई कुनै जानकारी नभएको अस्पताल विकास समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले बताए।
‘अस्पतालका कर्मचारीले नियमविपरीत रकम असुलेको पाइए बन्द गर्छौं,’ उनले भने, ‘गलत भएको प्रमाणित भए कारबाही प्रक्रिया अघि बढाउँछौँ।’
जिल्ला अस्पताल खाँदबारीको नागरिक बडापत्रमा निरोगिताको प्रमाणपत्र लिँदा २०० रुपैयाँ मात्रै शुल्क लाग्ने उल्लेख छ। तर, नयाँ नियुक्त हुने स्थायी शिक्षकले निरोगिताको प्रमाणपत्र लिँदा जिल्ला अस्पतालका चिकित्सकलाई रसिदविनै ६०० रुपैयाँ बुझाउँदै आएका छन्।




किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण