Health TV Online
Health TV Online
Health TV Online

मेसिन अभावमा हुन सकेन एनिमियाका बिरामीको उपचार

मेसिन अभावमा हुन सकेन एनिमियाका बिरामीको उपचार

नेपालगञ्ज : भेरी प्रादेशिक अस्पतालमा ‘सिकलसेल एनिमिया’ जाँच गर्ने मेसिन‘ एचबी इलोक्ट्रोफोरेसिस’ तीन महिनादेखि बिग्रेको अवस्थामा छ ।

मेसिनमर्मत गरी सञ्चालनमा नल्याउदा उपचारका लागि अस्पताल पुग्ने बिरामी निराश भएर फर्किनु परेको छ। अस्पतालका सूचना अधिकारी डा. सङ्केत रिसालले फागुन महlनादेखि बिग्रेको मेसिन दक्ष इन्जिनियर अभावका कारण मर्मत हुन नसकेको बताए।

सो अस्पतालको सामाजिक सेवा इकाइमा हाल ६६५ जना सिकलसेल एनिमियाका बिरामीलाई विपन्न नागरिक उपचार निर्र्देिशका अनुसार  एक लाख रूपैयाँ बराबरको निःशुल्क उपचार सेवा उपलब्ध गराउँदै आएको डा. रिसालले जानकारी दिए।

यसैबीच, यहाँस्थित सूचना र मानवअधिकार अनुसन्धान केन्द्रले मेसिन बिग्रनुको कारण र मर्मत वा नयाँ खरिद प्रक्रियाका बारेमा अस्पतालसँग सूचना माग गरेको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार