Health TV Online
Health TV Online
Health TV Online

झापामा देखियाे कालाजार

झापामा देखियाे कालाजार

झापा : भद्रपुरमा कालाजारका बिरामी फेला परेका छन्। दुई वर्षअघि यहीँ देखा परेको कालाजार फेरि देखिएपछि स्वास्थ्यकर्मीले नियन्त्रण तथा रोकथाम अभियान शुरु गरेको छन्।

साबिक चन्द्रगढी हाल भद्रपुर १० स्थित फुचुटोलका तीनजनामा कालाजार पाइएको भद्रपुर नगर स्वास्थ्य शाखाका प्रमुख पुष्कर निरौलाले जानकारी दिए। भद्रपुर १० निवासी ४५ वर्षीय बोगल हेमराम, ३० वर्षीया जुली हेमराम र २७ वर्षीय आइतबार टुडुमा कालाजार भेटिएको छ।

करिब एक साताअघि गाउँका दुईजनामा कालाजार भेटिएको र उपचार गर्न अस्पतालसमेत जान नमान्ने उनीहरूलाई स्वास्थ्य शाखाको पहलमा मेची अञ्चल अस्पताल भद्रपुरमा भर्ना गरिएको हो। त्यसपछि गाउँमा बस्ने अन्य केही व्यक्तिलाई शंका लागि स्वास्थ्य परीक्षण गर्दा टुडुमा पनि कालाजार भेटिएको हो।

अहिले टुडुको पनि अस्पतालमा उपचार भइरहेको छ। नगर स्वास्थ्य शाखाप्रमुख निरौलाका अनुसार करिब दुई वर्षअघि साबिक महेशपुर हाल भद्रपुर ३ स्थित कोदागाउँको सन्थाल बस्तीका एकजनामा कालाजार भेटिएको थियो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार