डाेल्पा स्वास्थ्य बिमा लागु हुने ४५औँ जिल्ला
डोल्पा : जिल्लामा पनि स्वास्थ्य बिमा कार्यक्रम शुरु भएको छ। स्वास्थ्य बिमा कार्यक्रम लागु हुने ४५ औं जिल्लाका रूपमा बुधबार डोल्पामा समन्वय समितिका प्रमुख शेरबहादुर बुढाले बिमित बनेर कार्यक्रम आरम्भ गरे।
पाँच जनासम्मको परिवारले वार्षिक दुई हजार पाँच सय तिरेर बिमा गराए सरकारले स्वास्थ्योपचारका लागि लाग्ने करिब एक लाख रुपैयाँसम्मको उपचारमा छुट दिने भएको छ।
यस्तै, पाँच जनाभन्दा बढी परिवार भए एक जना बराबर सात सय रुपैयाँ थप गरी अधिकतम १० जनाले २ लाख रुपैयाँसम्मको उपचार गर्न पाउने प्रावधान छ।
डोल्पामा एक हजार २९ घरधुरी उच्च गरिबीको रेखामा छन्। अति गरिब, विपन्न, ज्येष्ठ नागरिक र पूर्ण अपांगता भएकालाई निःशुल्क र स्वास्थ्य स्वयंसेविकाका परिवारलाई ५० प्रतिशत छुटमा कार्यक्रममा आबद्ध गराइने बिमा बोर्डकी जनस्वास्थ्य प्रशासक मंगला मानन्धरले बताइन्।
ठूलीभेरी नगरपालिकाका उपप्रमुख योगेन्द्रबहादुर शाहीले महँगो खर्चेर उपचार गराउन बाध्य नागरिकका लागि स्वास्थ्य बिमा कार्यक्रम असाध्यै प्रभावकारी रहेको बताए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण