बाथराेगमध्ये कम देखिने तर डरलाग्दाे लुपस
लुपस भनेको बाथरोग मध्ये सबैभन्दा कम ब्यत्तिमा हुने तर डरलाग्दो मध्येको बाथ हो । जुन स्वास्नी मानिसमा धेरै हुन्छ । १० जना स्वास्नी मानिसमा लुपस रोग देखा पर्दा जम्मा एक जना मात्र पुरुषमा यो रोग देखिन्छ । यो एक अटोइम्युन डिजिज हो ।
यो के कारण्ले लाग्छ भन्ने कुरा हालसम्म एकिनका साथ कसैले भन्न सक्ने तथ्य बाहिर आएको छैन । तर परिवारमा कसैलाई यो रोग छ भने अन्य सदस्यालई हुने सम्भावना तीस देखि चालिस प्रतिशतले रहन्छ ।
लुपस उमेर ढलेका भन्दा पनि देखि २० देखि ४० वर्ष उमेर समूह भित्रका स्वास्नी मानिसमा बढी देखिएको पाइन्छ । यसले हर्मोसँग सम्बिन्धत भएको पनि पुष्टी गर्छ । यसलाई सम्पूर्ण रुपमा निको पार्न सकिंंदैन नियन्त्रण मात्र गर्ने हो ।
लुपसलाई समयमै नियन्त्रण गरिएन भने यसले मुटु, मिर्गौला , आँखा सबै अँंगमा असर गरी मल्टी अर्गान फेल हुन्छ र बिरामीको मृत्यु हुन्छ । त्यसैले भित्री अंगलाई असर गर्नु अघि नै यसको उपचार शुरु गर्न जरुरी हुन्छ ।साथै लुपस भएका महिलाकाे गर्भ खेर गइरहने हुन्छ । यदि कुनै महिलाकाे गर्भ खेर गइरहेको छ भने लुपसको पनि जाँच गराउन जरुरी हुन्छ ।
यसका लक्षणहरू
लुपसले विशेष गरी छालामा असर गर्ने गर्छ। घाममा हिंड्दा बिरामीलाई बढी समस्या हुने गर्छ । छाला रातो हुने चिलाउने , कपाल अत्यधिक झर्ने,खाना खाइरहँदा पनि कमजोरी महशुस हुने साथै तौल घट्दै जाने, हात पानीमा राख्दा निलो सेतो हुने, घाममा हिंड्दा छालामा पुतली जस्तो रातो दाग देखा पर्ने, बारम्बार ज्वरो आइरहन, जोनीहरु दुख्ने, टाउको दुखिरहने,अलि लामो समय भएको छ भने फोक्सोमा पानी जमेर खोकी लागिरहने साथै सास फेर्न गाह्रो हुने, मिर्गौलामा समस्या पारेर हात खुट्टा सुन्निने जस्ता लक्षण देखिन थाल्छन । यसकाे जाेखिमबाट बच्न उपचार सकेसम्म छिटो शुरू गर्नुपर्छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण