दुर्गममा पठाइएका औषधिको म्याद बाटोमै गुज्रियाे
जाजरकोट : जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटले महामारी हुन सक्ने ठाउँमा पठाएको औषधिको म्याद बाटोमै सकिएको छ। जिल्लामा महामारी हुनसक्ने सम्भावित ठाउँमा पठाउने भन्दै राखिएको औषधिको म्याद बाटोमै गुज्रेपछि समस्या भएको हो।
गर्मीयाम शुरु भएसँगै जिल्लाका विभिन्न ग्रामीण क्षेत्रमा झाडापखाला, टाइफाइड, ज्वरोजस्ता समस्या देखिन थालेपछि औषधि अभाव हुन नदिन जिल्लाका मुख्यमुख्य ठाउँमा तयारी हालतमा राखिएको औषधिको म्याद गुज्रेको पाइएको हो।
जिल्लाका सातवटा स्थानीय तहमा स्वास्थ्य कार्यालय, जाजरकोटले पठाएको औषधि म्याद नाघेका हो। अधिकांश औषधिको म्याद हप्ता दिन मात्र बाँकी रहेको छ भने केही औषधिको म्याद सकिएको पाइएको छ। सबैभन्दा बढी स्टासेफ नामक औषधिको म्याद गुज्रेको पाइएको नलगाड नगरपालिकाकाे नगरस्वास्थ्य शाखाले जनाएकाे छ।
जाजरकोटका दुर्गम गाउँमा पठाएको औषधि त्यस्तो भएमा तत्काल वितरण रोक्नका लागि पहल गर्ने स्वास्थ्य प्रमुख गौरव ढकालले बताए।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’