अमेरिकामा बढ्यो मातृ मृत्युदर
वासिङ्टन : संयुक्तराज्य अमेरिकामा प्रसूतिका वेला हुने मृत्युदर बढेको एक अनुसन्धानले देखाएको छ। यस्तो समस्या खासगरी अमेरिकाका कालाजातिका महिलामा बढी देखिएको छ।
अमेरिकी रोग नियन्त्रण केन्द्र (सीडीसी) का अनुसार सन् २०११ देखि २०१५ को अवधिमा तीन हजार ४०० भन्दा बढी महिलाको मृत्यु भएको थियो। अर्थात् प्रति एक लाख जीवित जन्ममा करिब १७.२ मृत्यु हुने गरेको छ।
गोरा जातिका महिलामध्ये प्रति जीवित जन्ममा १३ जनाको मृत्यु हुने गरेको छ। काला जातिका महिलामा भने योभन्दा तीन गुणा बढी छ। प्रति एक लाख जीवित जन्ममा ४२ जनाभन्दा बढी आमाहरूको मृत्यु हुने गरेको अध्ययनले देखाएको छ।
यी मृत्युमध्ये ३३ प्रतिशतको मृत्यु एक सातादेखि एक वर्षभित्र हुने गरेको छ। मुटुरोग, सङ्क्रमण र रक्तश्राव आमाहरूको मृत्यु हुने मुख्य कारण भएकाे बताइएकाे छ।
सीडीसीको प्रतिवेदनमा मृत्यु भएकामध्ये करिब ६० प्रतिशतलाई बचाउन सकिने उल्लेख छ। राज्य र समुदाय समेतका स्वास्थ्य सेवा प्रदायकको प्रभावकारी भूमिकाबाट महिलालाई जोगाउन सकिने प्रतिवेदनमा जनाइएको छ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’