स्वास्थ्य स्वयंसेवीलाई थप प्राेत्साहन भत्ता
काठमाडाैं : चन्द्रागिरि नगरपालिकाले महिला स्वास्थ्यस्वयंसेविकालाई एक हजार रुपैयाँ थप प्रोत्साहन भत्ता दिने भएको छ।
नागरिकको स्वास्थ्यका लागि जुनसकै अवस्थामा पनि महिला स्वास्थ्य स्वयंसेविका खटिनुपर्ने भएकाले काम गर्ने हौसला प्रदान होस् भन्ने उद्देश्यले नगरपालिकाका १५ वटै वडाका १४९ स्वास्थ्य स्वयंसेविकालाई भत्ता दिइएको नगर उपप्रमख लिशा नकर्मीले बताइन्।
सरकारले प्रदान गर्दै आएको पाँच हजारमा र नगरपालिकाका तर्फबाट थप भत्ता दिइएको उपप्रमुख नकर्मीले जानकारी दिइन्। स्वास्थ्य स्वयंसेविकाले सुरक्षित प्रसूति सेवा, बालबालिकालाई खोप, गर्भवतीलाई आइरन चक्की वितरण, बालबालिकालाई भिटामिन खुवाउनेलगायत स्वास्थ्यका आधारभूत विषयमा सहयोग गर्दै आइरहेका छन्।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’