Health TV Online
Health TV Online
Health TV Online

हैजाका यी हुन् लक्षण, बच्न अपनाउनुस् सावधानी

हैजाका यी हुन् लक्षण, बच्न अपनाउनुस् सावधानी

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले मंगलबार काठमाडौंका एकजनामा हैजा देखिएको बताएको छ। काठमाडौं महानगरपालिका १३ का ४५ वर्षीय एक पुरुषमा हैजा देखिएको अस्पतालले जनाएकाले अरूमा पनि यसकाे असर नदेखिएला भन्न सकिँदैन।

हैजा विशेषगरी दूषित पानीको माध्यमबाट मानिसलाई लाग्छ। शरीरमा हैजाको जीवाणु शरीरमा प्रवेश गरेपछि पातलो दिसा लाग्छ। गोडा बाउँडिने, तारन्तार बान्ता हुने, छाला चाउरी पर्ने र आँखा गाडिनुका साथै मुख सुख्खा हुने समस्या देखिन्छ ।

रक्तचाप कम हुने, धेरै पसिना आउने, रिङ्गटा लाग्ने र टाउको अत्यधिक दुख्‍ने लक्षण पनि देखिन्छ। यस्ता लक्षण देखिएलगत्तै उपचार नगरे संक्रमित मानिसको मृत्युसमेत हुन्छ। त्यसैले हैजाको लक्षण देखिनेबित्तिकै अस्पताल जानुपर्ने चिकित्सकहरू बताउँछन्।

लामो समयसम्म उपचार नगरिए मुटुको धड्कन छिटो छिटो बढ्ने र बिरामी बेहोससमेत हुन्छ । अन्त्यमा रक्तसञ्चार बन्द भएर बिरामीकाे मृत्यु हुनसक्छ।

हैजाबाट जाेगिन सरसफाइमा विशेष ध्यान दिनुपर्छ। पानी राख्‍ने भाँडो सफा हुनुपर्छ। धुलो र किटाणु पर्नसक्ने भएकाले पानीकाे भाँडा सधैँ छोपेर राख्‍नुपर्छ।  खानेपनी फिल्टर गरी उमालेर पिउनुपर्छ। सकेसम्म काँचो खानेकुरा सकेसम्म खानु हुँदैन। गाँजर, मुला, काँक्रो र धनियाँ जस्ता नपकाई खान मिल्ने खानेकुरा सफा पानीले राम्ररी पखाल्नुपर्छ।

बाहिरबाट घर आउनेबित्तिकै हातधुने बानी बसाल्नुपर्छ। सकेसम्म खाना बनाउनुअघि साबुन पानीले हात धुने बानी गर्नुपर्छ। खाना खानुअघि धोएको हात सफा कपडाले सुख्खा बनाएर मात्रै खाना खाने गर्नुपर्छ। साबुन नलगाई धोएको हातबाट हैजा नरोकिने चिकित्सक बताउँछन्।

पेट धेरै दुख्ने, वाकवाकी–पखाला लाग्ने,  टाउको दुख्ने जस्ता समस्या देखिए स्वास्थ्यकर्मीलाई भन्‍ने र सकेसम्म छिटो चिकित्सकलाई देखाउनुपर्छ। यस्तै खानेपानी शुद्धीकरण गरेर पिउने, धमिलो पानीमा उमालेर वा  निर्रमलीकरणा गरेर, हावाबाट फैलने रोग सर्न नदिन मास्कको प्रयोग गर्नुपर्छ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार