Health TV Online
Health TV Online
Health TV Online

बेवारिसे मानसिक रोगीको उपचार खर्च अब राज्यले व्यहोर्ने

बेवारिसे मानसिक रोगीको उपचार खर्च अब राज्यले व्यहोर्ने

काठमाडौं:  बेवारिसे र असहाय मानसिक रोगीको उपचार खर्च अब सरकारले व्यहोर्ने भएको छ । सरकारले  स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई आर्थिक वर्षको बजेटभित्रै रहेर कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको हो ।

बिरामीले उपचारको लागी अब प्रतिदिन ६ सयसम्म र औषधिको लागी मासिक चार हजारसम्म खर्च पाउने भएका छन् । यदि उपचारकाे  व्यवस्था सीधै अस्पतालले गरेको भए अस्पताललाई दैनिक ६ सय र पुर्नस्थापना केन्द्रमार्फत भए चाहिं दैनिक पाँच सय दिने व्यवस्था गरिएको छ ।

औषधिको रकम भने उपचारमा संलग्न मनोचिकित्सकको प्रेस्क्रिप्सन अनुसार वा गैरसरकारी, निजी अस्पताल, पुर्नस्थापना गृह सञ्चालन गर्ने सामाजिक संस्था तथा निजी संस्था रहेको स्थानीय तहबाट प्रमाणित औषधिको बिलका आधारमा मात्रै प्राप्त हुने जनाइएकाे छ । याेसँगै बेवारिसे एवम असहाय  बिरामीलाइ ठुलाे राहत मिलेकाे छ ।

असहाय, बेवारिसे, अशक्त, मानसिक रोग भएकाहरूको उपचार तथा पुर्नस्थापना कार्यक्रम सञ्चालन कार्यविधि, २०७६ सरकारबाट स्वीकृत भएसँगैयाे  प्रक्रिया अघि बढेको हो । विपन्न नागरिक औषधि उपचार कोषका अधिकारीका  अनुसार सरकारले सो कार्यविधि १६ वैशाखमा स्वीकृत गरेको हो । शुरूमा मानसिक तथा मनोसामाजिक समस्या भएका बिरामीको तथ्यांक संकलन गरिने र त्यसपछि मात्र  सहयोग रकम वितरण हुने बताइएकाे छ ।

 

थप समाचार