प्रत्यारोपण केन्द्रका नर्सहरु नर्सिङ संघको कार्यालयबाटै पक्राउ
काठमाडौं: नेपाल नर्सिङ संघको कार्यालयमा धर्नामा बसिरहेका नर्सहरुलाई प्रहरीले प्रक्राउ गरेको छ। संघका पदाधिकारीहरुलाई कार्यालयमा पस्न नदिएपछि संघकै पहलमा प्रहरीले उनीहरुलाई बुधबार पक्रेको हाे । प्रहरीले कार्यालयमा लगाएको ताला समेत फोडिदिएको छ ।
विभिन्न सेवा सुविधासम्वन्धी माग अघि सार्दै आन्दोलनमा उत्रिएका शहिद धर्मभत्त प्रत्यारोपण केन्द्रका नर्सहरु खुल्ला प्रतिस्पर्धाबाट केन्द्रमा स्थायी पदपूर्ति गर्न लोकसेवा आयोगले दरखास्त मागेपछि थप आक्रोशित बन्दै आएका हुन्। उनीहरु पुराना कर्मचारीलाई स्वत स्थायी गर्नुपर्ने, काम र अनुभवको आत्रधारमा बढुवा गर्नुपर्ने, जोखिम भत्ता प्रदान गर्नुपर्ने जस्ता माग राख्दै दुई सातादेखि आन्दोलनमा छन्।
नर्सहरुको अन्दोलनमा नर्सिङ संघले साथ नदिएको भन्दै पछिल्लो समय उनीहरुले आन्दोलन संघको कार्यालय केन्द्रित गरेका थिए । उनीहरुले संघको कार्यालयमा ताला लगाउनुका साथै अध्यक्ष तारा पाखरेलको राजिनामा समेत माग गरेका छन्।
पक्राउ परेका ६ जना नर्सलाई दरबारमार्गस्थित महानगरीय प्रहरी प्रभागमा राखिएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण