Health TV Online
Health TV Online
Health TV Online

काठमाडाैंका एक व्यक्तिमा हैजा

काठमाडाैंका एक व्यक्तिमा हैजा

काठमाडाैं : शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले काठमाडौंमा एकजनामा हैजा देखिएको बताएको छ। काठमाडौं महानगरपालिका १३ का ४५ वर्षीय एक पुरुषमा हैजा देखिएको अस्पतालले जनाएको हो।

झाडापखालाका बिरामी उनी यही वैशाख १७ गते टेकुअस्पतालमा भर्ना भएको र बिरामीको दिसाको नमुना संकलन गरी आफ्नै प्रयोगशाला र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा २२ गते हैजा प्रमाणित भएको अस्पतालले जानकारी दिएको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुबाट  बिरामीको घर गई स्थलगत निरीक्षण गरेको र अन्य परिवारका कुनै पनि सदस्यमा झाडापखाला नदेखिएको अस्पतालको भनाइ छ।

बिरामीको घरबाट विभिन्न स्रोतका तीनवटा पानीको नमुना संकलन गरी पानीको परीक्षण गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा लगीएको र परीक्षणको नतिजा आउन बाँकी रहेको बताइएको छ।

अस्पतालका अनुसार बिरामीको स्थिति हाल सामान्य छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार