नवलपरासीका लाेकल कुखुरामा बर्डफ्लु
नवलपरासी : मध्यविन्दु नगरपालिका २ नन्दपुरमा लोकल कुखुरामा बर्डफ्लु भेटिएको छ। नन्दपुरका पिताम्बर महतोको घरमा बर्डफ्लु भेटिएको हो।
महतोको घर र उनको घर नजिक रहेका १२ घरमा रहेका १ सय ८१ वटा हाँस, ६५ वटा स्थानीय कुखुरा, ७८ अण्डा, ३४ किलो दाना, साढे चार किलो कुखुराको सुली नष्ट गरिएको हाे। पक्षी र पक्षीजन्य वस्तुलाई खाडल खनेर पुरिएको मध्यविन्दु नगरपालिका पशुसेवा शाखा प्रमुख डा. श्यामकृष्ण तिवारीले जनानकारी दिए।
पन्छी र पन्छीजन्य वस्तु नष्ट गर्ने कार्यमा गण्डकी प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी व्यवस्था मन्त्रालयको टोली, गण्डकी प्रदेशकाे पशुपन्छी विकास निर्देशनालय, पोखराको पशुपक्षी रोग अन्वेषण प्रयोगशाला, मध्यविन्दु नगरपालिकाको पशुसेवा शाखाका डाक्टर तथा प्राविधिकहरुको टोली खटिएको थियो।
महतोको घरका कुखुरा धमाधम मर्न थालेपछि उनले परीक्षणका लागि कुखुरा चितवनको राष्ट्रिय पन्छी ल्याबमा लगेका थिए। त्यहाँ बर्डफ्लु भएको पुष्टि भएपछि कुखुरा नष्ट गरिएको हो। नमुना परीक्षण गर्न काठमाडौंस्थित ल्याबमा पनि पठाइएको छ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’