अस्पतालमा उपचार गराइरहेका बिरामी पाँच दिनदेखि बेपत्ता
तनहुँ : बन्दीपुरस्थित बन्दीपुर अस्पतालको क्षयरोग उपचार केन्द्र (डीआर होम)मा उपचाररत एक बिरामी बेपत्ता भएका छन्। भानु नगरपालिका–१० दुधेकुनाका ५६ वर्षीय बद्रीबहादुर गुइदे अस्पतालबाटै बेपत्ता भएका हुन्।
क्षयरोगको उपचार गराइरहेका उनी यही वैशाख १९ गतेदेखि हराएको अस्पतालले जानकारी दिएकाे छ। पाँच दिनदेखि सम्पर्कविहीन भएका गुइदेलाई फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले बताए।
गुइदे क्षयरोगबाट ग्रस्त भएकाले रोग अन्य व्यक्तिमा सर्नसक्ने भन्दै अस्पतालले छिटो खोजी गरिदिन प्रहरीसँग आग्रह गरेको छ। पोखराबाट तालिमप्राप्त कुकुर झिकाई खोजी गर्दा पनि पत्ता लगाउन नसकेको प्रहरीले जनाएको छ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’