रूघाखाेकीले सतायाे? गर्नुस् घरेलु उपचार
गर्मीयाम शुरू भएसँगै रुघाखोकीले निकै दुख दिन्छ। बालक, वृद्धदेखि एवं कामकाजी व्यक्तिहरूकाे दैनिक कामव्यवहारमा असर पुर्याउँछ। हेलचेक्रयाईँ गरेको अवस्थामा यसले निकै दुःख दिनसक्छ।
सामान्य अवस्थामा रुघाखोकी लागेमा त्यसलाई ख्याल गरेर घरेलु उपचार गर्ने हो भने केही दिनभित्र ठिक हुन्छ। तर, अझै धेरै दिनसम्म सताउन छोडेन भने चिकित्सकको सल्लाह लिँदा राम्रो हुन्छ।
रुघाखोकीमा पर्याप्त आराम गर्नुपर्छ। पर्याप्त तातो वा मनतातो पानी पिउनुपर्छ। अझ कागती र मह घोलेको पानी पिउँदा आराम हुन्छ। तातोपानीको बाफ लिने, तातो पानी पिउने, रसदार तातो खानेकुरा खाँदाआराम मिल्छ।
केही यस्ता घरेलु औषधि छन् जसले ‘साइड इफेक्ट’बिना रुघाखोकी निको बनाउँछ–
रुघाखोकीबाट राहत पाउनको लागि एक गिलास तातो दूधमा एक चम्चा बेसार मिसाएर पिउनुहोस् । यसको साथै सुकेको हलेदोलाई पोलेर त्यसको धुँवा सुँघेमा पनि रुखाखोकी ठिक हुन्छ।
तुलसी रुघाखोकीको लागि कुनै औषधिभन्दा कम छैन। तुलसीको चार पाँच पत्ता तुलसी चपाउनाले घाँटीको खसखस र खोकीबाट राहत मिल्छ।
अदुवाको रस महमा मिसाएर खाएमा पनि खोकी टाढा भाग्छ। रुघाखोकीले सताएको छ भने राति सुत्नभन्दा अगाडि अदुवा र पानी उमालेर पिउँदा राहत मिल्छ।
अलैँचीलाई चियामा उमालेर पिउनाले रुघाखोकी ठिक हुन्छ। यदि फेरि पनि रुघा लागेमा अलैंचीको दानालाई रुमालमा बेरेर सुँघ्नाले रुघाबाट छुटकारा मिल्छ। टाउको दुख्ने, खोकी, ज्वरो, रुघा जस्ता समस्या देखिएमा हर्बल चिया पिउँदा पनि राहत मिल्छ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’