नेपालमा १७ वर्ष नपुग्दै सुर्तीजन्य पदार्थ सेवन गर्नेको संख्या ८.२ प्रतिशत
काठमाडौं : नेपालमा १७ वर्ष नपुग्दै सुर्तीजन्य पदार्थ सेवन गर्नेको संख्या ८.२ प्रतिशत छ भन्दा तपाईँलाई अचम्म लाग्न सक्छ। तर यो स्वास्थ्य मन्त्रालयले किशोरकिशोरीमा गरेको एक अध्ययनले देखाएको पछिल्लो तथ्यांक हो।
मंगलबार स्वास्थ्य मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाले आयोजना गरेको राष्ट्रिय किशोरकिशोरी स्वास्थ्य तथा विकास रणनीति २०७५ सार्वजनिक गर्दै यस्तो तथ्यांक सार्वजनिक गरिएको हो।
‘किशोरकिशोरी कुलतमा फस्ने उमेर भनेकै १० देखि १९ हो। हामीले गरेको एक सर्वेले १३ देखि १७ वर्षका ८.२ प्रतिशत किशोरकिशोरीले सुर्तीजन्य पदार्थ सेवन गर्छन्’, महाशाखाका निर्देशक डा. आरपी विच्छाले भने, ‘त्यही समूहका ५.२ प्रतिशत बालबालिकाले मादक पदार्थ सेवन गर्ने गरेको पाइएको छ।’
हुर्किने र पढ्ने उमेरका कलिला बालबालिका यस्ता कुलतमा फस्नु अत्यन्तै डरलाग्दो स्थिति भएको उनले बताए। नेपालमा सुर्तीजन्य पदार्थ सेवनबाट लाग्ने रोगकै कारण बर्सेनि २७ हजार मानिसले ज्यान गुमाउने गरेको तथ्यांक छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण