राेल्पामा हरेक वर्ष ३०० क्षयराेगी
रोल्पा : रोल्पामा हरेक वर्ष ३०० बढी क्षयरोगका बिरामी देखिने गरेका छन्। यस्ता बिरामीमध्ये ९० प्रतिशत बढी उपचारपछि निको हुने गरेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएकाे छ।
कार्यालयका अनुसार जिल्लामा १८७ यस्ता बिरामीमा खतरनाक किटाणु देखिएको छ। यसैगरी फोक्सोमा क्षयरोग भएका ३३ बिरामीले उपचार गराएका छन्। तीन बिरामीको भने अन्य अङ्गमा यस्तो रोग देखिएको स्वास्थ्य कार्यालय रोल्पाका सूचना अधिकारी नोखराज पोखरेलले जानकारी दिए।
क्षयरोग परीक्षणमा आउनेमध्ये ९८ प्रतिशतलाई एचआईभीको समेत परीक्षण गरिएको स्वास्थ्य कार्यालय रोल्पाले जनाएको छ। जिल्लामा एक हजार ६४४ शङ्कास्पद क्षयरोगका बिरामीले खकार परीक्षण गराएका थिए।
क्षयरोग परीक्षणका लागि खकार सङ्कलन गरी कुरियरमार्फत पठाउने गरिएको सूचना अधिकारी पोखरेलले जानकारी दिए। जिल्लाको पूर्वी र दक्षिणी भागमा क्षयरोगका बिरामी बढी देखिएको स्वास्थ्य कार्यालयलले जनाएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण