किशोरकिशोरीको स्वास्थ्यमा विशेष ध्यान दिनुपर्नेमा जोड
काठमाडौं: सरोकारवालाहरुले किशोरकिशोरीको स्वास्थ्यमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन्। मंगलबार स्वास्थ्य मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाले आयोजना गरेको राष्ट्रिय किशोरकिशोरी स्वास्थ्य तथा विकास रणनीति सार्वजनिक गर्ने कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन्।
कार्यक्रममा महाशाखाका निर्देशक डा आरपी विच्छाले किशोरकिशोरीको स्वास्थ्यमा लगानी बढाउनुपर्ने बताए । उनले भने, ‘हामीले काम नगरेका होइनौं, तर चाहे जस्तो परिणाम आउन सकेको छैन। त्यसैले यसमा लगानी र छलफल दुवै बढाउनुपर्नेछ ।’ उनले त्यसैले यो रणनीति ल्याइएको पनि बताए ।
कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनीले किशोरकिशोरी नै भोलीका कर्णधार भएकाले उनीहरुलाई स्वस्थ राख्न सके उनीहरुले देशका लागि काम गर्न सक्ने भन्दै उनीहरुको स्वास्थ्य सुधारका लागि के गर्न सकिन्छ त्यसमा सबै जना लाग्नुपर्ने बताए ।
कार्यक्रममा विभिन्न वक्ताहरुले किशोरकशोरीको उमेरका कारण पनि विभिन्न परिवर्तन आउने हुँदा यो समयमा परिवारले पनि विशेष भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण