अस्पतालले मृत घाेषणा गरेकाे शिशुले सास फेरेपछि…
चितवन : मृत्यु भएको भनी अन्त्येष्टि गर्न लागिएकाे शिशुले सास फेरेपछि पुनः अस्पताल ल्याइएको छ।
हेटौँडा घर भएकी एक अविवाहिता युवतीले चितवन मेडिकल कलेजमा आइतबार शिशु जन्माएकी थिइन्। शिशुकाे उपचार सम्भव नभएको चिकित्सकले बताएकाले अन्त्येष्टिका लागि देवघाट लगिएकाे परिवारले जनाएकाे छ।
शिशुको मृत्यु भएको भनी परिवारजनले देवघाटमा अन्त्येष्टिका लागि तयारी गर्दै गर्दा सास फेरेकाे देखेपछि स्थानीयवासीले शिशुलाई अस्पताल लगेर प्रहरीलाई खबर गरेका थिए।
लगत्तै शिशुकी हजुरआमालाई प्रहरीले नियन्त्रणमा लिएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले बताए। चितवन मेडिकल कलेजमा शिशुको उपचार भइरहेको थियो।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण