गंगालालमा उपचारका क्रममा बालिकाकाे मृत्यु, परिवारले मानेन शव बुझ्न
काठमाडौं : शहीद गंगालाल राष्ट्रिय हृदयकेन्द्रमा मुटुको शल्यक्रियाका क्रममा एक बालिकाको मृत्यु भएको छ। फरक समूहको रगत चढाइएकाले बालिकाको मृत्यु भएको परिवारको आरोप छ।
सोमबार बिहान बालिकाकाे मृत्यु भएको अस्पतालले जनाएको छ ।
उपचारका क्रममा गल्ती भए पनि रगत फरक भएकै कारणले बालिकाकाे मृत्यु भएकाे पुष्टी नभएको अस्पतालका निर्देशक डा. ज्योतिन्द्र शर्माले बताए। ‘बालिकाको मृत्यु भएको हो, तर रगत फरक भएकै कारणले भन्ने एकिन होइन’, उनले भने, ‘उनको शल्यक्रिया नै जटिल थियो।
उक्त विषयमा समिति बनाई छानविन प्रक्रिया अघि बढाएको निर्देशक शर्माले बताए। दोषीलाई अवश्य कारबाही हुने उनकाे भनाइ छ।
मुटुको भल्भमा समस्या भएपछि १३ गते सर्लाही सिसौटियाकी पाँच वर्षीया आकृति कुमारीलाई गंगालालमा भर्ना गरिएको थियो। उनको १७ गते मुटुको ओपन हार्ट सर्जरी गरिएको हो। तर सोही क्रममा उनलाई फरक समूहको रगत चढाइएको अस्पतालले पनि स्वीकारेको छ। ओ पोजेटिभ रगत भएकी बालिकालाई ए पोजेटिभको रगत चढाइएको हो।
परिवार र आफन्तले दोषीलाई कारवाहीको माग राख्दै बालिकाको शव बुझ्न मानेका छैनन्। यस विषयमा अस्पतालमा बैठक बसिरहेकाे छ ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’