‘गुल्मीकाे झाडापखाला प्रदूषित पानीले’
गुल्मी : मुसिकोट नगरपालिका–४ दजाकोटमा प्रदूषित पानीका कारण झाडापखाला फैलिएको पुष्टि भएको छ। यही वैशाख १० देखि सिङ्गो गाउँमा फैलिएको झाडापखालाको मुख्य कारण पानीमा रहेको ‘इकोलाइ’ जीवाणु भएको खुलेको हो।
विश्व स्वास्थ्य संगठन र जिल्ला स्वास्थ्य कार्यालयको टोलीले गत साता प्रकोप क्षेत्रमा पुगेर बिरामीहरूको दिसा र पानीको नमुना संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाएको थियो। बिरामीको दिसा परीक्षण गर्दा सिगेला नामक जिवाणुसमेत भेटिएको बताइएको छ ।
स्थानीयले पिउने गरेकाे पानीको मुहानमा फोहोर भएकोले झाडापखालाको प्रकोप बढेको गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले जानकारी दिए। जनस्वास्थ्य प्रयोगशालाले गरेको परीक्षणले पानीकै समस्याका कारण झाडापखालाको संक्रमण बढेको पुष्टि भएको डाक्टर पच्याले बताए।
झाडापखलाबाट २०० भन्दा बढी बिरामी भएका थिए भने एक जनाको मृत्यु भएको थियो। झाडापखाला अहिले नियन्त्रणमा आइसकेको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण