सेनाकाे स्वास्थ्य शिविरमा १८० जनाले लिए सेवा
बझाङ : जयपृथ्वी नगरपालिका–३ हेमन्तबाडा पडेशमा नेपाली सेनाले गरेको निःशुल्क स्वास्थ्य शिविरमा १८० जनाले उपचार गराएका छन्।
हेमन्तवाडाको पडेशमा रहेको संग्राम शार्दूल गुल्मद्वारा सञ्चालित शिविरमा सेनाका चिकित्सकहरूले सर्वसाधारणको उपचार गर्नुका साथै उनीहरूलाई परामर्शसमेत दिएका हुन्।
पेट दुखेका, ज्वरो आएका, टाउको दुखेका तथा चोटपटक लागेका, तल्लो पटे दुख्ने महिलाहरू, छाला चिलाउने जस्ता समस्या भएकाहरू ज्येष्ठ नागरिक र बालबालिकाले उपचार गराएको सेनानी केदारप्रसाद लामिछानेले बताए।
शिविरमा सहसेनानी डाक्टर सञ्जय बस्नेतसहितको स्वास्थ्यकर्मीको टोलीले उपचार गरेको थियो। ब्यारेकले आफ्नो वार्षिक कार्ययोजनाअनुसार जिल्लाका विभिन्न ठाउँमा स्थानीय तहसँग समन्वय गरी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको सेनानी लामिछानेले जानकारी दिए।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’