बाजुरामा माैसमी ज्वराेका बिरामी बढे
बाजुरा : गर्मीयाम लागेपछि जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा मौसमी रोगका बिरामी बढेका छन्। झाडापखाला, टाइफाइड, भाइरल ज्वरो, रुघाखोकी, आउँ र हैजाजस्ता रोग देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका सूचना अधिकारी कुलबहादुर रावलले बताए।
अहिले स्थानीय बासिन्दा दिनहुँजसो ज्वरो आउने, रुघाखोकी लाग्ने, कडा टाउको दुख्नेजस्ता लक्षण लिएर उपचारमा पुग्ने गरेका छन्। एकसातादेखि मौसमी रोगका बिरामी उपचारका लागि आउन थालेका छन्। हिजोआज दैनिक १५० झाडापखाला, रुघाखोकी र ज्वरोका बिरामी आइरहेका छन्।
रुगिन स्वास्थ्य चौकीका प्रमुख धनबहादुर फडेराको नेतृत्वको टोली क्युडीगाउँमा गएर ९३ भन्दा बढीको उपचार गरेको प्रमुख सिंहको भनाइ छ। रुघाखोकी पूर्णरूपमा नियन्त्रणमा नआएसम्म दुई स्वास्थ्यकर्मी गाउँमै रहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ। एक अहेब र एक अनमी गाउँमै उपचार गरिरहेको छन्। जटिल समस्या आए थप स्वास्थ्यकर्मी पठाउने स्वास्थ्य कार्यालयले जनाएको छ ।
हिमाली गाउँपालिका–५ क्युडी र ६ को पाडीगाउँमा एक सातादेखि भाइरल ज्वरोका कारण एकको मृत्युसमेत भएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख अशोक सिंहले बताए। गत बुधबार क्युडीकी ५५ वर्षीया छञ्चकला बुढाकाे मृत्यु भएको उनले जानकारी दिए।
मौसमी बिरामी बढी आउन थालेको स्वास्थ्यकर्मीले बताएका छन्। रुघाखोकी तथा भाइरल ज्वरो भाइरसका कारणले हुने रोग हो। यस्तो अवस्थामा एन्टिवायोटिक खानुपर्ने आवश्यकता पर्दैन। भाइरसले शरीरमा कमजोरी गराउने भएकाले आराम गर्न र प्रशस्त झोल कुरा खाएमा चारदेखि पाँच दिनमा विस्तारै निको हुँदै जाने चिकित्सक बताउँछन्।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’