Health TV Online
Health TV Online
Health TV Online

बढी शुल्क फिर्ता गर्न मेडिकल कलेजलाई सरकारले दिएकाे समय आज सकिँदै

बढी शुल्क फिर्ता गर्न मेडिकल कलेजलाई सरकारले दिएकाे समय आज सकिँदै

काठमाडौं : बढी शुल्क फिर्ता गर्न सरकारले निजी मेडिकल कलेजलाई दिएको निर्देशनको म्याद आइतबार सकिँदै छ। एक महिनाअघि भएको सहमति कार्यान्वयन गर्न निजी मेडिकल कलेजले बेवास्ता गरेपछि सरकारले फिर्ताका लागि पछिल्लो पटक तीन दिनको समय दिएको थियो।

शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले पछिल्लोपटक निर्देशन दिए पनि सम्बन्धित विश्वविद्यालयले समेत बढी लिएको शुल्क फिर्ता गरे\नगरेको प्रगति विवरण पठाएको छैन। शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मेडिकल शिक्षामा तोकिएको भन्दा बढी शुल्क उठाइएको सन्दर्भमा कलेजविरुद्ध उजुरी आएको बताए।

गत वर्ष चैत ८ गते शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयमा बढी शुल्क लिएका मेडिकल कलेजले एक महिनाभित्र शुल्क फिर्ता गर्ने सहमति  भएको थियो। सहमति क्रममा शिक्षा मन्त्रालयका उच्च अधिकारी, कलेज सञ्चालक र विद्यार्थी संगठनका प्रतिनिधिहरूसमेत सहभागी थिए।

सरकारले पनि पछिल्लोपटक तीन दिनभित्र शुल्क फिर्तासम्बन्धी विवरण पठाउन विश्वविद्यालयलाई पत्राचार गरेको थियो। काठमाडौंस्थित किस्ट मेडिकल कलेज, चितवनस्थित चितवन मेडिकल कलेज, पोखरास्थित गण्डकी मेडिकल कलेज, भैरहवास्थित युनिभर्सल मेडिकल कलेज, वीरगञ्जस्थित नेसनल मेडिकल कलेजले विद्यार्थीबाट तोकिएको भन्दा चर्को शुल्क लिएको विषय सार्वजनिक भएको थियो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार