नगरभरिकाे स्वास्थ्य बुझ्न सफ्टवेयर
बागलुङ : बागलुङ नगरपालिका –१४ स्थित नारायणस्थान स्वास्थ्यचौकी व्यवस्थापन समितिले जनताको स्वास्थ्य अवस्था जानकारी लिन सफ्टवेयर प्रयोगमा ल्याएको छ।
सफ्टवेयर प्रविधिले नारायणस्थानका चार हजार ७०० को व्यक्तिगत स्वास्थ्य अवस्थाबारे तथ्याङ्क राख्न सहयोग पुगेको नारायणस्थान स्वास्थ्यचौकीले जनाएको छ। ८० हजार रूपैयाँ लागतमा निर्माण गरिएको सफ्टवेयरका लागि बागलुङ नगरपालिकाले ४० हजार रूपैयाँ र वडा कार्यालयले ४० हजार रूपैयाँ विनियोजन गरेको थियो।
सफ्टवेयरले प्रत्येक महिला तथा पुरुषको स्वास्थ्य अवस्थाको जानकारी दिनेछ । बालबालिकाले खोप लगाए\नलगाएको, पोेषणको अवस्था, गर्भवती तथा कुपोषित महिलाको अवस्था, परिवार नियोजनको अवस्था, मधुमेह, उच्च रक्तचाप, मिर्गौला रोग, क्यान्सर, उमेरअनुसारको जनसङ्ख्यालगायतका विषयमा जानकारी राखिने स्वास्थ्यचौकी प्रमुख ऋषिराम शर्माले जानकारी दिए।
हरेक संघसंस्थालाई प्रविधिमैत्री बनाउँदै लैजाने नगरपालिकाको योजनाअनुसार सफ्टवेयर सञ्चालन गरिएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए। एक वर्षको निरन्तर अभ्यासपछि वडामा रहेका रोगीका आधारमा स्वास्थ्य सेवा प्रदान गर्नलाई ‘वेब वेस हेल्थ प्रोफाइल’ नामक सफ्टवेयर निर्माण गरिएको चौकी प्रमुख शर्माले जानकारी दिए।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’