Health TV Online
Health TV Online
Health TV Online

‘मिडवाइफ: सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारका पैरवीकर्ता’

‘मिडवाइफ: सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारका पैरवीकर्ता’

काठमाडौं : ‘मिडवाइफ: सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारका पैरवीकर्ता’ भन्ने नाराका साथ तेस्रो राष्ट्रिय मिडवाइफ्री सम्मेलन शनिबारदेखि काठमाडौंमा सुरु भएको छ। अन्तराष्ट्रिय  मिडवाइफ्री दिवस पारेर मिडवाइफ्री ससोसाइटी अफ नेपालले  सम्मेलनको आयोजना गरेको हो।

उक्त दुई दिने सम्मेलनमा नर्स, मिडवाइफ, प्रसूति विशेषज्ञ ,चिकित्सक, महिला अधिकारकर्मी, नीति निर्माता, सुरक्षित मातृत्व सेवासँग सम्बन्धित सम्पूर्ण सरोकारवालाकाे सहभागिता रहनेछ । सम्मेलनमा प्रजनन स्वास्थ्य एवम  मातृशिशुको स्वास्थ्य क्षेत्रका नयाँ ज्ञान, सिप आदनप्रदान गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा मिडवाइफ्री सेवा बढाउँदै लाने सम्मेलनको उद्देश्य रहेको सोसाइटीकी अध्यक्ष लक्ष्मी तामाङले बताइन्।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले आमा तथा शिशुको मृत्युदरमा कमी ल्याउन मिडवाइफको महत्वपूर्ण भूमिका रहने भन्दै हरेक स्वास्थ्य संस्थामा मिडवाइफ आवश्यक रहेको बताए। सम्मेलनमा ३ सय बढी सरोकारवालाको सहभागिता रहने जनाइएको छ । सम्मेलनमा मिडवाइफ सम्बन्धी विभिन्न विषयमा प्रस्तुती समेत रहेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार