Health TV Online
Health TV Online
Health TV Online

कोशी अस्पतालमा प्रसूति सेवा गृहको शिलान्यास

कोशी अस्पतालमा प्रसूति सेवा गृहको शिलान्यास

विराटनगर : उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले कोशी अस्पताललाई विशिष्ट सेवा प्रदान गर्ने अस्पतालको रूपमा विकास गर्न लागिएको बताएका छन्।

कोशी अस्पताल विराटनगरको परिसरमा प्रसूति सेवा गृहको शिलान्यास गर्दै मन्त्री यादवले अस्पतालमा नयाँ उपकरण र दक्ष जनशक्तिको व्यवस्थापन गर्न सरकारले योजना बनाइरहेको बताए।  मेडिकल कलेज र सरकारी अस्पतालबाट आमनागरिकले सस्तो र प्रभावकारी स्वास्थ्य सेवा पाएको भन्दै उनले नयाँ स्वास्थ्य नीतिमा सरकारी अस्पतालको सेवाको गुणस्तरमा जोड दिने बताए।

प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले पूर्व क्षेत्रको विराटनगर अहिले स्वास्थ्य केन्द्रको रूपमा विकसित भइरहेको बताउँदै कोशी अस्पतालले भोगेका समस्याको समाधान गर्नुपर्ने धारणा राखे।

स्वास्थ्य तथा जनसङ्ख्या सचिव डा. पुष्पा चौधरीले पुरानो संरचनाका कारण अत्यधिक घुइँचाे हुने कोशी अस्पताललाई समयसापेक्ष बनाउनुपर्ने बताइन्।

अमेरिकी सेनाका प्रतिनिधि जी हेरीले अमेरिकी सेनाको सहयोगमा बन्ने प्रसूतिगृहले जनतालाई स्वास्थ्य सेवामा पहुँच पुग्ने विश्वास व्यक्त गरे।

एक वर्षको अवधिमा अमेरिकी सेनाको १२ करोड रूपैयाँ लागतमा १०० शय्याको सो प्रसूतिगृह निर्माण हुन लागेको कार्यक्रममा जानकारी दिइयो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार