Health TV Online
Health TV Online
Health TV Online

९० जनालाई एचआईभी सार्ने पाकिस्तानी चिकित्सक पक्राउ

९० जनालाई एचआईभी सार्ने पाकिस्तानी चिकित्सक पक्राउ

कराँची : सङ्क्रमित सुई प्रयोग गरी कम्तीमा ९० जनालाई एचआईभी सारेको आरोपमा एक चिकित्सक पक्राउ परेका छन्। एचआईभी संक्रमितमध्ये ६५ बालबालिका रहेकाे अधिकारीहरूले जनाएका छन्।

स्थानीय प्रहरी अधिकारी कमरान नवाजले स्वास्थ्य निकायहरूबाट उजुरी परेपछि चिकित्सकलाई गिरफ्तार गरेकाे बताए। उनले ती चिकित्सकलाई समेत एचआईभी सङ्क्रमण रहेको सूचना प्राप्त भएको जानकारी दिए।

कराची बाहिरको लर्काना शहरका १८ जना बालबालिकामा एचआइभी सङ्क्रमित भएको पाइएपछि स्वास्थ्य अधिकारीहरूले अनुसन्धान गरेका थिए । त्यसपछि अरु सङ्क्रमितहरु भेटिएका थिए।

सिन्ध प्रान्तका स्वास्थ्य मन्त्री अजरा पेचुहोले पनि चिकित्सक पक्राउ परेको जानकारी दिए। सङ्क्रमित बालबालिकाका बाबुआमाको पनि रक्त परीक्षण गर्दा उनीहरूमा एचआईभी नदेखिएकाे उनले बताए।

पाकिस्तानमा एचआइभी सङ्क्रमितको संख्या कम छ तर, पछिल्लो समय यो फैलिने क्रममा छ। सिरिञ्जबाट लागूऔषध लिने, यौनकर्मी र खाडी राष्ट्रबाट फर्किएका आप्रवासी कामदारमा एचआईभी भेटिने गरेको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार