कास्की र स्याङ्जाका ६ संस्था स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध
पाेखरा : स्वास्थ्य बिमा कार्यक्रमसँग कास्की र स्याङ्जाका विभिन्न छ सेवा प्रदायक संस्था आबद्ध भएका छन्।
स्वास्थ्य बिमा बोर्डद्वारा सेवा प्रदायक अस्पतालका लागि आयोजित स्वास्थ्य बिमा व्यवस्थापन सूचना प्रणाली विषयक तीनदिने तालिमको समापनका अवसरमा कास्कीको शहरी स्वास्थ्य प्रवर्धन केन्द्र, नयाँबजारसहितका संस्था सम्झौता गरी स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएका हुन्।
त्यस्तै स्याङ्जा जिल्लाअन्तर्गतका जिल्ला अस्पताल स्याङ्जा, चापाकोट अस्पताल, मालुंगा प्राथमिक स्वास्थ्य केन्द्र, गह्रौ घ्याङ्लिङ प्राथमिक स्वास्थ्य केन्द्र र पञ्चमूल प्राथमिक स्वास्थ्य केन्द्र सम्झौता गरी स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएका छन्। सम्झौता कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले ती संस्थालाई स्वास्थ्य बिमा बोर्डको सहयोगमा प्रदान गरिएका ल्यापटप हस्तान्तरण गरेका थिए।
सामाजिक विकास मन्त्रालयका सचिव दीर्घनारायण पौडेलले सेवा प्रदायकलाई स्वास्थ्य बिमा कार्यक्रमको सुविधा प्याकेज पुस्तिका हस्तान्तरण गरे। पौडेलले आगामी पाँच वर्षभित्र गण्डकी प्रदेशलाई स्वास्थ्य क्षेत्रमा सुधार गर्न स्वास्थ्य बिमा कार्यकर्मलाई सबैले मिलेर सफल बनाउनुपर्ने बताए।
नयाँ व्यवस्थाअनुसार पाँच जनासम्मको परिवारले वार्षिक तीन हजार ५०० प्रिमियम तिरेपछि एक लाख रूपैयाँसम्मको स्वास्थ्योपचार सुविधा स्वास्थ्य बीमा कार्यक्रममार्फत प्राप्त गर्न सकिन्छ। ७० वर्ष पुगेका ज्येष्ठ नागरिकको एक लाख रूपैयाँसम्मको निःशुल्क स्वास्थ्य बिमा स्वास्थ्य बिमा बोर्डमार्फत नै हुने गरेको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण