बालककाे मृत्यु भएपछि कान्ति अस्पतालमा तनाव
काठमाडौ : उपचारका क्रममा बालकको मृत्यु भएपछि महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा तनाव उत्पन्न भएको छ। बुधबार बिहान उपचारका लागि लगिएका बालाजुका आठवर्षे बालक अंकित खत्रीको ज्यान गएपछि अस्पतालमा तनाव सिर्जना भएको हो।
पेट दुखेपछि मंगलबार अंकितलाई उनका बुवाआमाले कान्ति बाल अस्पतालमा जाँच गराउन ल्याएका थिए। डाक्टरले ग्यास्ट्रिक भएको भन्दै खाली पेटमा खान औषधि दिएको अंकितकी काकी मधु केसीले बताइन्।
चक्कर लागेर लडेका अंकित पूरै निलो भएको र लगत्तै वीर अस्पताल लगेको मधुले बताइन्। वीर अस्पतालले फर्काएपछि बुधबार बिहान साढे सात बजे कान्ति अस्पताल नै ल्याएको उनले जानकारी दिइन्।
डाक्टरकै लापरवाहीले अंकितको निधन भएको उनका आफन्तले आरोप लगाएका छन्। डाक्टरले दिएको औषधि उनीहरूले नै भने अनुसार खाएपछि समस्या देखिएको आफन्तको भनाइ छ। घटनापछि अस्पतालमा बालकका आफन्तले प्रदर्शन गरेका छन्।
अस्पतालका निदेशक डा. गणेश राईले घटनाबारे सत्यतथ्य बुझेर उपयुक्त निर्णय लिने बताए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण