चितवन मेडिकल कलेजलाई मिर्गौला प्रत्यारोपण अनुमति
चितवन : भरतपुरस्थित चितवन मेडिकल कलेजले मिर्गौला प्रत्यारोपणका लागि अनुमति पाएको छ। अंग प्रत्यारोपण समन्वय समितिको बैठकले कलेजलाई मिर्गौला प्रत्यारोपणका लागि अनुमति दिने निर्णय गरेको हो।
चितवन मेडिकल कलेज मिर्गौला प्रत्यारोपणका लागि अनुमति प्राप्त गर्ने निजी क्षेत्रकाे पाँचौँ अस्पताल हाे। चितवनमै यसअघि कलेज अफ मेडिकल साइन्सेसले मिर्गौला प्रत्यारोपणको अनुमति पाएको थियो।
सरकारीतर्फ त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल र शहीद धर्मभक्त राष्ट्रिय मिर्गौला प्रत्यारोपण केन्द्रले मिर्गाैला प्रत्याराेपण गराइरहेका छन्।
निजीतर्फ ग्राण्डी अस्पताल, निदान अस्पताल र समेरु अस्पतालले पनि याे सेवा सञ्चालन गर्ने अनुमति पाएका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण