अज्ञात रोग फैलिएको ताँजाकोटमा स्वास्थ्य शिविर
हुम्ला : अज्ञात रोग फैलिएको ताँजाकोटमा तीन ठाउँमा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। गाउँपालिका वडा नम्बर १ को भैसामाझ, ३ को छप्रेला र चारको गोठेलबाडामा सोमबार बिहानैदेखि शिविर शुरु भएको हो ।
शिविरमा बिरामीहरु चेकजाँचका लागि आउने क्रम सुरु भएको स्वास्थ्यकर्मी मोतिलाल जैसीले बताए भयो । प्रत्येक शिविरमा चिकित्सकको उपस्थितिमा जाँच कार्य भइ रहेको उनले बताए।
आइतबारबाट रोग प्रभावित क्षेत्रमा नेपाल सरकार गृहमन्त्रालय र कर्णाली प्रदेश सरकारको सहयोगमा औषधी, ल्याब र बिशेषज्ञ चिकित्सक सहित आठ जनाको स्वास्थ्यकर्मीको टोली हेलिकोप्टरमा आएको थियो । टोली आए लगत्तै उपचार सुरु भएको थियो ।
अघिल्लो दिन भएको शिविरमा एक सय ३२ जना बिरामीको चेकजाँच गरिएकोमा ७६ महिला तथा ५६ जना पुरुष भएको आरआरडी टिमका सम्पर्क व्यक्ति श्याम आचार्यले बताए। तीमध्ये रुघाकोकीमा ७४ जना, झाडापखालाका ६ जनाको उपचार भएको जैसीले बताए।
वडा अनुसार वडा नम्वर १ का ७ जना, वडा नम्वर २ का ४७, वडा नम्वर ३ का ७६ जना, वडा नम्वर ४ का ५ र वडा नम्वर ५ का ६ जनाको उपचार भएको थियो।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण