एम्बुलेन्स सेवा सञ्चालन समिति गठन
सिमकोट : जिल्लामा पहिलो पटक एम्बुलेन्स सेवा सञ्चालन समिति गठन भएको छ। प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालको संयोजकत्वमा समिति गठन गरिएको हो।
जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवाला पक्षको बैठकले समिति गठन गरेको जिल्ला समन्वय समितिका इन्जिनियर एवं समितिका सदस्य देवी ऐडीले बताए। प्रमुख जिल्ला अधिकारी ढकालको संयोजकत्वमा जिल्ला प्रहरी कार्यालयका प्रमुख, जिल्ला अस्पतालका डाक्टर, स्वास्थ्य कार्यालय प्रमुख, समन्वय अधिकारी सदस्य रहेका छन् ।
समितिको पहिलो बैठकले एम्बुलेन्स सेवा सञ्चालनका लागि राजस्व निशुल्क गराउन केन्द्र सरकारलाई अनुरोध गर्ने र कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयबाट एम्बुलेन्स खरिदका लागि बजेटको व्यवस्था गर्न अनुरोध गर्ने निर्णय गरिएको उनले बताए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण