Health TV Online
Health TV Online
Health TV Online

झाडापखालाले एकै गाउँका डेढसय सर्वसाधारण बिरामी

झाडापखालाले एकै गाउँका डेढसय सर्वसाधारण बिरामी

गुल्मी : मुसिकोट नगरपालिका ४ दजाकोटमा झाडापखालाका कारण बिरामी हुनेको संख्या करिब डेढसय पुगेकाे छ।

झाडापखालाका कारण बिरामी भएका १४८ मध्ये गुल्मी अस्पतालमा चारजनाको उपचार भइरहेको छ भने ६० वर्षीया कुमारी सिंजालीलाई चितवन लगिएको छ। अन्य व्यक्तिको सोही ठाउँमा सञ्चालन गरिएको अस्थायी स्वास्थ्य शिविरमा उपचार भइरहेको जिल्ला स्वस्थ्य गुल्मीका निमित्त प्रमुख श्रीकृष्ण भट्टराईले जानकारी दिए।

गत सोमबार चार जनाबाट फैलिएको झाडापखाला महामारीको रूपमा फैलिएको हो। वडागाउँको दजाकोटमा दूषित पानीका कारण फैलिएको झाडापखाला अझै नियन्त्रणमा आउन सकेको छैन्। गाउँको पाँच किलोमिटर टाढाको ट्यांकीमार्फत ८५ घरपरिवारलाई वितरण गरिएको पानी  दूषित बनेका कारण त्यहाँका स्थानीयमा झाडापखाला देखिएको थियो।

बिरामी पर्नेमा चारदेखि ८० वर्षसम्मका छन्। झाडापखालाको प्रकोप देखिएको उक्त ठाउँमा जिल्ला जनस्वास्थ्यको टोली पुगेर बिरामीको उपचार जारी राखेको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार