गण्डकी प्रदेशमा चुराेट, सुर्ती उपहार दिए जरिवाना
पोखरा : गण्डकी प्रदेशमा कसैले सुर्ती चुरोट दिए जरिवाना तिर्नुपर्ने नियम ल्याइएको छ। गण्डकी प्रदेश सभा बैठकमा ‘सुर्ती तथा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमनको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पारित भएसँगै यस्तो नियम बनेको हो।
विधेयकमा चुरोट, सुर्तीसँगै अन्य सुर्तीजन्य पदार्थ बिँडी, सिगार, तम्बाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, जर्दा, गुट्खा आदि कसैले पनि वितरण गर्न वा उपहार दिन पाउने छैन। फुटकर रूपमा चुरोट, खिल्ली बिक्री वितरण गर्न पनि विधेयकले गैरकानुनी मानेको छ।
कसैले वितरण गरे १० हजार रुपैयाँ जरिवाना नतिरी सुख नपाइने भएको हो। लामो समय छलफलमा रहेको उक्त विधेयक मानव स्वास्थ्यलाई ध्यानमा राखेर सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्न सरकारले यो विधेयक ल्याएको बताउँदै आएको थियो।
विज्ञापनमा पनि रोक ‘सुर्ती तथा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमनको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ को दफा १० मा उल्लेख भएअनुसार कसैले पनि सुर्तीजन्य पदार्थको पत्रपत्रिका तथा विभिन्न सञ्चारमाध्यम, अन्तरक्रिया कार्यक्रम, होर्डिङ बोर्ड, भित्तेलेखन, लोगो, संकेत, लेख, दृश्य, आवाज, चिह्न, व्यक्ति वा अन्य कुनै पनि माध्यमबाट विज्ञापन गर्न, कुनै कार्यक्रम, समाचार, सूचना सम्प्रेषण, प्रायोजन गर्न पाउँदैनन्।
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’