पुनः समायोजन गर्न माग गर्दै स्वास्थ्य क्षेत्रका ट्रेड युनियनले सरकारलाई बुझाए ज्ञापनपत्र
काठमाडौं : स्वास्थ्य क्षेत्रमा क्रियाशील ट्रेड युनियन तथा पेशागत संगठनहरूले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पुनः समायोजन गर्न आग्रह गर्दै ज्ञापनपत्र बुझाएका छन्।
समायोजन ऐन र स्वास्थ्य सेवा ऐनको मर्म र मापदण्डविपरीत कर्मचारीको समायोजन गरिएको भन्दै स्वास्थ्यका ट्रेड युनियन र संगठनहरूले विधि र प्रक्रियाबाट पुनः समायोजन गर्न सरकारको ध्यानकर्षण गरेका हुन्।
नेपाल स्वास्थ्यकर्मी संघ, राष्ट्रिय स्वस्थ्यकर्मी संघ नेपाल, मधेशी स्वास्थ्यकर्मी फोरम, नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी संगठन, नेपाल स्वास्थ्य प्राविधिक संघ, अखिल नेपाल प्रगतिशील स्वास्थ्यकर्मी संगठन, नेपाल स्वास्थ्यकर्मी युनियन र नेपाल नर्सिङ संघका प्रतिनिधिले ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन्।
संगठनहरूले ऐनको भावनाविपरीत समायोजन गरिएको, आवेदनका लागि पर्याप्त समय नदिइएको, अन्तिम सूची प्रकाशित नगरी समायोजन गरिएकोमा आपत्ति जनाएका छन्। श्रीमान्–श्रीमती, अवकाश हुनै लागेको, गम्भीर प्रकृतिका बिरामी, बसोबास स्थानदेखि गर्भवती–सुत्केरी समेत ख्याल नगरी समायोजन गरिएकोले पनि सच्याउनुपर्ने माग उनीहरूको छ।
आफूहरूलाई जबरजस्ती समायोजन गरे आन्दोलनमा जान बाध्य हुने चेतावनी उनीहरूले दिएका छन्।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’