Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

जनकपुरधाम उपमहानगरपालिकाले ताेक्याे एम्बुलेन्सको भाडादर

जनकपुरधाम उपमहानगरपालिकाले ताेक्याे एम्बुलेन्सको भाडादर

धनुषा : जनकपुरधाम उपमहानगरपालिकाले एम्बुलेन्सको भाडा ५०० देखि एक हजार रुपैयाँसम्म तोकेको छ। एम्बुलेन्सले मनोमानी रूपमा भाडा लिने गरेको गुनासो बढेपछि भाडा तोकिएको उपमहानगरपालिकाले जनाएको छ।

उपमहानगरपालिकाले वडा १ देखि १६ सम्म ५०० रुपैयाँ र वडा १७ देखि २५ सम्ममा एक हजार रूपैयाँभन्दा बढी लिन नपाउने नियम बनाएको छ। यसैगरी जनकपुरधाम भएर काठमाडौं जाने एम्बुलेन्स वा शववाहनलाई सिन्धुलीतर्फको बाटोमा १० हजार पाँच सय भाडा कायम गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी दिए।

साथै अस्पताल वरिपरि २०० मिटरभित्र सुर्तीजन्य तथा धूमपान, मद्यपान बिक्री वितरणमा समेत रोक लगाउने निर्णय गरिएको छ। साथै एम्बुलेन्समा अक्सिजन भएनभएकाे, बिरामीलाई चाहिने न्यूनतम उपकरणसहित जाँच गर्ने निर्णय गरिएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि