मेट्रो काठमाडौं अस्पतालमा आईसीयू सेवा शुरू
काठमाडौं : महाराजगञ्जस्थित मेट्रो काठमाडौं अस्पतालले आईसीयू सेवा शुरू गरेको छ।
जटिल प्रकारका बिरामीलाई ध्यानमा राख्दै अस्पतालले पाँच शय्याको सुविधासम्पन्न भेन्टिलेटेरसहितको आईसीयू सेवा सञ्चालनमा ल्याएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रकाश वलीले जानकारी दिए।
‘आईसीयू नभएका कारण अस्पतालमा भेन्टिलेटरमा राख्नुपर्ने बिरामी अन्तै ‘रिफर’ गर्नुपर्थ्याे’, उनले भने, ‘त्यसैले हामीले हालै अत्याधुनिक एवं सुविधासम्पन्न आईसीयू सञ्चालनमा ल्याएका हौँ।’
मेट्रो अस्पताल चक्रपथमा भएका कारण तुरुन्त आईसीयूमा राखेर उपचार गर्नुपर्ने बिरामी आउने गर्छन् । तिनैलाई दृष्टिगत गरी अस्पतालले यो सेवा सञ्चालनमा ल्याएको जनाइएको छ।
मधुमेह एवं हर्मोन रोगसँग सम्बन्धित रोगको उपचारका लागि मेट्रो अस्पताल प्रख्यात छ।
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो