स्वास्थ्य परीक्षण गर्न राष्ट्रपति टिचिङमा, ग्यास्ट्राइटिसको समस्या
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगी नियमित स्वास्थ्य परीक्षण गराएकी छिन्।
सोमबार बिहान स्वास्थ्य परीक्षण गर्न गएकी भण्डारीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालमा निर्देशक डा. प्रेम खड्गाले जानकारी दिए।
राष्ट्रपति भण्डारीलाई ग्यास्ट्राइटिसको समस्या भएकाले नियमित औषधि सेवन गर्न सुझाव दिएको निर्देशक खड्गाले बताए।
‘उहाँलाई ग्यास्ट्राइटिसको समस्या छ। इण्डाेस्कोपी गराएर १५ मिनेटपछि फर्किनुभयो,’ उनले भने, ‘नियमित औषधि खान सुझाव दियाैँ।’





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण