स्वास्थ्य परीक्षण गर्न राष्ट्रपति टिचिङमा, ग्यास्ट्राइटिसको समस्या
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगी नियमित स्वास्थ्य परीक्षण गराएकी छिन्।
सोमबार बिहान स्वास्थ्य परीक्षण गर्न गएकी भण्डारीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालमा निर्देशक डा. प्रेम खड्गाले जानकारी दिए।
राष्ट्रपति भण्डारीलाई ग्यास्ट्राइटिसको समस्या भएकाले नियमित औषधि सेवन गर्न सुझाव दिएको निर्देशक खड्गाले बताए।
‘उहाँलाई ग्यास्ट्राइटिसको समस्या छ। इण्डाेस्कोपी गराएर १५ मिनेटपछि फर्किनुभयो,’ उनले भने, ‘नियमित औषधि खान सुझाव दियाैँ।’
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने